नेपाललाई साथ नदिएका एमाले नेताहरू बालकोटमा

लामो समय माधव कुमार नेपाललाई साथ दिएपनि नयाँ पार्टी गठन गर्दा नेपाललाई साथ नदिएका एमाले नेताहरू बालकोट पुगेका छन्। सोमबार पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न नेताहरु बालकोट पुगेका हुन् । एमाले उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायत नेताहरू ओलीसँग वार्ता गर्न बालकोट पुगेका छन्।…