सांसदबाट हटाइएका चार जनाको मन्त्री पद पनि नरहने

नेकपा माओवादी केन्द्रका चार सांसदको प्रतिनिधिसभा सदस्य (सांसद) पद आजबाट खुस्किएको छ। सभामुख अग्नि सापकोटाले नेकपा माओवादी केन्द्रका चार सांसदको पद खोसिएको सूचना प्रतिनिधि सभामा सुनाएसँगै उनिहरुको सांसद पद खुस्किएको हो। सभामुख सापकोटाले आजको बैठकमा अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली-४ का लेखराज भट्ट, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीको सांसद पद रिक्त भएको…