शहीद सप्ताह कार्यक्रमअन्तर्गत आज शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको पूर्ण कदको शालिकमा माल्यार्पण गरी उहाँहरुप्रति श्रद्धाञ्जलि दिइएको छ । काठमाडौँ महानगरपालिकाले आज आयोजना गरेको श्रद्धाञ्जलि कार्यक्रममा उहाँहरुलाई प्राणदण्ड दिइएको स्थान शोभाभगवती विष्णुमती नदी किनारामा कामपाले गत वर्ष निर्माण सम्पन्न गरेको पूर्ण कदको शालिकमा माल्यार्पण गरिएको थियो । सभामा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले हुकुमी शासन…