नेकपा एमालेका नेता महेश बस्नेतले एमाले नेता प्रभु साहले घोषणा गरेको ‘आईटी आर्मी’ बहिस्कार गरेका छन् । बस्नेतले ‘साइबर सेना’ परिचालन गरेको भनेर आलोचना भइरहेका बेला फेरि पूर्व माओवादी नेता साहले ‘आईटी आर्मी’ घोषणा गरेपछि एमालेभित्र हल्लीखल्ली भएको हो । मंगलबार ललितपुरस्थित च्यासलमा एमाले केन्द्रीय कमिटी बैठक बसिरहेकै बेला शाहले भक्तपुरमा आईटी आर्मी घोषणा गरिरहेका…