नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो साढे १२ बजे स्थायी कमिटी बैठक बोलाइएको सो समूहका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा समसामयिक राजनीति, संसद विघटनविरुद्धको आन्दोलनको कार्यक्रमलगायतका विषयमा छलफल हुने उनले बताए । संसद विघटनविरुद्ध शुक्रवार काठमाडौंमा शक्ति प्रदर्शन गरेको यो समूहले थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न स्थायी…