नेविसंघले शुक्रबार उल्टो हिंडेर संसद विघटनको विरोध गरेको छ । नेविसंघका नेता तथा कार्यकर्ताहरु काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वर सम्म उल्टो हिंडेर प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमको विरोध गरेको हो । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा नाराबाजी समेत गरेका छन् । नेविसंघका नेता–कार्यकर्ताले प्रधानमन्त्री ओलीले संविधान मिचेर उल्टो बाटोमा हिंडेको भन्दै उल्टो हिंडेर सांकेतिक…