प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा आज सभामुख अग्निप्रसाद सापकोटा पक्षका कानुन व्यवसायीहरुले बहस गर्दैछन । दुई घण्टा समय तोकिएकोमा सभामुख सापकोटाका तर्फबाट वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने, अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्नेछन् । सुनुवाइको शुरूवातमा निवेदक पक्ष ९विपक्षी गठबन्धन० का तर्फबाट ३६ जना कानुन व्यवसायीले बहुमत सांसद पक्षमा रहेको जिकिर गर्दै…