सभामुख सापकोटाको ज्यान मुद्दा ब्युँतियो, सर्वोच्चमा पेशी तोकियो

प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटामाथि ज्यान मुद्दामा सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको सुनुवाई शुरु भएको छ। सशस्त्र द्वन्द्वका क्रममा कार्भेका अर्जुन लामाको हत्यामा सापकोटाको संलग्नता रहेको भन्दै सर्वोच्चमा मुद्दा परेको छ। सो मुद्दा शुक्रबारको पेशीमा चढेको हो। प्रधानन्यायधी चोलेन्द्रशम्शेर जबरा तथा न्यायधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा सो मुद्दाको सुनुवाई हुने…