कोरोना संक्रमणका कारण पूर्व सांसद लामाको निधन

पूर्व सांसद कमानसिं लामाको निधन भएको छ । कोरोना संक्रमणका कारण शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत लामाको गतराती निधन भएको हो । नेता लामा विसं. २०४८ मा राष्ट्रिय जनमोर्चाको तर्फबाट काभ्रेपलाञ्चोक जिल्लाबाट सांसदमा बिजयी हुनुभएका लामा निरन्तर कम्युनिष्ट आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । संविधानसभा विधायकसमेत रहनुभएका लामा काभ्रेका दिग्गज कम्युनिष्ट नेताका रुपमा चिनिनु हुन्थ्यो । वौद्धिक व्यक्तिको…