झापाका पुराना कम्युनिस्ट नेता डिल्लीकुमार मैनालीको ७३ वर्षको उमेरमा आज निधन भएको छ । विर्तामोड–८ देउनियाँस्थित आफ्नै घरमा आज बिहान ५ बजे उहाँको निधन भएको हो । उहाँलाई युरिक एसिड, सुगर र पेटसम्बन्धी स्वास्थ्य समस्या थियो । प्रजातन्त्र प्राप्तिका लागि भएको २०४६ सालको संयुक्त जनआन्दोलनमा पक्राउ परेपछि मैनालीलाई पञ्चायती सरकारले जेल सजाय दिएको थियो ।…