नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीचकाे आजको वार्ता निष्कर्षमा पुग्न नसकेपछी सहमति खोज्न अघोषित रुपमा कार्यदल बनाइएको छ । दुई नेताको छलफलमा सहमती ननिस्किएपछि सहमति खोज्न अघोषित रुपमा कार्यदल बनाई जिम्मेवारी दिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। उक्त कार्यदलले पार्टीमा बढ्दै गएको विवाद समाधान हुनेगरी…