नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए)ले विश्वभरि नै फैलिरहेको कोरोना भाइरसविरुद्ध सबैलाई एक भएर लड्न आग्रह गरेको छ । एशोसिएशनका महासचिव लक्ष्मीदेवी दाहालले आज जारी गर्नुभएको १७ बुँदे प्रेस विज्ञप्तिमा मुलुक सङ्कटको अवस्थाबाट गुज्रिरहेको हुँदा आ–आफ्नो तह र तप्काबाट एकअर्काको सहयोग गर्न अनुरोध गरिएको छ । विज्ञप्तिमा उहाँले लकडाउनका सयममा अदालतमा आंशिक काम भइरहेको हुँदा कानून…