अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ ।अदालतको मानहानी मुद्दामा बिहिबार प्रधानमन्त्रीलाई ५ दिनभित्र आफै उपस्थित भएर जवाफ दिन आदेश दिएको हो । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्रीलाई बाटोको म्याद बाहेक ५ दिनभित्र उपस्थित भएर अदालतको अवहेलना मुद्दामा जवाफ दिन आदेश दिएको हो…