सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन डिल गरेको अडिओ सार्वजनिक भएपछि राजीनामा दिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानीमा राखेको बुझिएको छ । यस प्रकरणसँग सम्बन्धित तथ्य र प्रमाण नष्ट हुनसक्ने भन्दै अख्तियारले बाँस्कोटालाई निरगानीमा राखेको स्रोतले बताएको छ । बाँस्कोटाले राजीनामा दिएपछि उनको कार्यकक्ष र सचिवालयमा रहेका महत्वपूर्ण कागजात अख्तियारले…