सांसद उपाध्यायको निधनले राष्ट्र र पार्टीलाई अपूरणीय क्षति : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायको निधनले राष्ट्र र पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ । काँग्रेस संसदीय दलले आज यहाँ आयोजना गरेको श्रद्धाञ्जलिसभामा उहाँले स्व उपाध्याय गाउँमै जनतासँग काम गर्न रुचाउने नेता भएको स्मरण गर्दै उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभयो । राष्ट्रवादी र…