बहुमतप्राप्त सरकारले देश सिध्याउन थाल्यो : थापा

इनरुवा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले वर्तमान सरकारले देशलाई पछाडि धकेलेको बताउनुभएको छ । सुनसरीको रामधुनी नगरपालिकामा बुधबार काँग्रेस रामधुनी नगर समितिले आयोजना गरेको नगर सम्मेलनमा उहाँले सरकारले देशलाई विकासको सट्टा बरबादीतर्फ लगेको आरोप लगाउनुभयो । बहुमतप्राप्त सरकारले देशलाई अहिले विकास निर्माणतर्फ अगाडि बढाउनुपर्नेमा त्यसविपरीतका कार्य गर्ने गरेको उहाँको भनाइ थियो । कार्यक्रममा…