काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन्। मंगलबार प्रतिनिधिसभा संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नियमसंगत ढंगले संसद अघि बढाउन सफलता मिलोस् भन्दै सभामुख सापकोटालाई बधाई दिएका हुन्। ‘कार्यकाल सफल रहोस्। हाम्रो संसदले पूरा गर्नुपर्ने भूमिकालाई प्रभावकारी ढंगले अघि बढाउन संसद सञ्चालनको गहन अभिभारा यहाँको हातमा आएको छ। म खुसी…