काठमाडौं उपत्यकाका कांग्रेस उम्मेदवारहरुको साझा विकास प्रतिबद्धता ल्याउन महामन्त्री पौडेलको पहल

काठमाडौं ः नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संघीय राजधानी उपत्यकाअर्तगत पर्ने काठमाडौं, ललितपुर र भक्तपुरका उम्मेदवारहरुका तर्फबाट साझा प्रतिबद्धता सार्वजनिक गर्ने तयारी गरेका छन् । काठमाडौं ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले उपत्यकाको दिगो विकासका लागि आगामी पाँच वर्षमा गरिने साझा कामको खाका तयार पार्दै सार्वजनिकीकरण गराउने पहल गरेका हुन् ।…