बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि कांग्रेस बाजुराले यतिबेला घरदैलो अभियानलाई तिब्रता दिएको छ । कांग्रेस बाजुराबाट उम्मेदवार बनेका नेता जनकराज गिरीलाई निर्वाचित गराउन कांग्रेस बाजुरा घरदैलो अभियानमा जुटेको हो । कांग्रेस बाजुराले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै यहाँका विभिन्न गाउँबस्तीमा कार्यकर्ता भेला तथा चुनावी अभियान गरिरहेको छ…