काठमाडौं– सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकमा सहमती जुटे पछी प्रतिनिधिसभाको केही समययता जारी गतिरोध अन्त्य हुने भएको छ । बैठकले पुन गतिरोध आउन नदिनका लागि संविधान, नियम र स्थापित परम्परा अनुसार आवश्यक अध्ययन गरी सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन गर्ने सहमति गरेको छ। समितिमा रहने सांसदहरुको नाम सभामुखज्यूले बैठकबाट पढेर…