अजेय सुमार्गीको सम्पत्ति शुद्धीकरणको सक्कली फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीले नेपाल स्याटलाइट टेलिकमका लागि भन्दै भित्र्याएको सबा २ अर्ब रुपैयाँको वैधानिकता विवादमा सम्पत्ति शुद्धीकरणको सक्कली फाइल मगाउने आदेश गरेको छ। बिहीबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र मनोज शर्माको इजलाशले २ वर्षपछि यो विवादमा फैसला सुनाउनका लागि आवश्यक विवरण मगाएको हो। सम्पत्ति शुद्धीकरण विभागको पत्रपछि नेपाल राष्ट्र बैंकले सुमार्गीको रकम रोक्का…