मदन भण्डारीको हत्याबारे प्रचण्डः ‘मोटामोटी हत्यारा थाहा भए पनि किटान गर्ने अवस्था छैन’

काठमाडौं असार, १५– नेकपा अध्यक्ष पुष्पकमल दाहालले माथिल्लो स्तरका राजनीतिक हत्याकाण्डका दोषी पत्ता लगाउन असफल भएको बताएका छन् । तत्कालीन एमाले महासचिव मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले राजनीतिक हत्या, प्रतिहत्याका दोषी पत्ता लगाउन असफल भएको बताए । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । ‘माथिल्लो स्तरका राजनीतिक हत्या, प्रतिहत्याका धेरै भयानक घटनाको शृंखला…