काठमाडौं । नेपाली कांग्रेसले पहिलो चरणको जागरण अभियानको समिक्षा गर्न ७७ जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिसँग अन्तरक्रिया सुरु गरेको छ । पार्टी कार्यालय सानेपामा बुधबारबाट दुई दिने अन्तरक्रिया कार्यक्रम सुरु भएको हो । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सुरु अन्तरक्रिया कार्यक्रममा ७७ जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरु सहभागी हुने भनिए पनि पहिलो दिनको कार्यक्रममा सहभागीहरुको संख्या न्यून…