पार्टी बैठकमा भाग लिन कर्णाली प्रदेशका मुख्यमन्त्रीद्वारा सेनाको हेलिकोप्टर प्रयोग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावलले पार्टी बैठकमा भाग लिन सरकारी बजेट खर्च गरेर सेनाको हेलिकोप्टरमा यात्रा गरेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । नेकपा हुम्लाको पहिलो जिल्ला कमिटी बैठकमा सहभागी हुन मुख्यमन्त्री शाही र सामाजिक विकासमन्त्री रावलले सुर्खेतबाट सिमकोटको यात्रा गरे । सिमकोटबाट उनीहरू कालिकोट पनि पुगे ।…