नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाको संक्रमणपछिको अर्थतन्त्रमा सुधारका लागि विज्ञहरुसंग छलफल गरेका छन् । नेता पौडेलले भिडियो कन्फरेन्स मार्फत विहिवार विज्ञहरुसंग छलफल गरेका हुन् । छलफलमा योजना आयोगका पूर्व उपाध्यक्षहरु डा. गोविन्द पोखरेल, डा. स्वर्णिम वाग्ले, प्रो. डा. इन्जिनियर कमल रिजाल, डा. सुरज पोखरेल, डा. सिद्धिगणेश श्रेष्ठ, डा. माधवप्रसाद पौडेल, डा. प्रधुम्नराज पाण्डे,…