जनकपुरधाम । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज शनिबार का निम्ति निर्धारित दुवै खेल वर्षाका कारण रद्द गरिएको छ । यस दिन प्रतियोगिताको उद्घाटन खेल धनुषाको जनकपुरधाममा हुने तालिका थियो । दोस्रो खेल वीरगन्जमा हुने तय थियो । मधेस प्रदेश र कोशी प्रदेशबीचको खेलको उद्घाटन सत्र सम्पन्न भएपनि लगातारको वर्षाका कारण खेल रद्द गरिएको छ…