काठमाडौं फागुन, १४– भरतपुर महानगरपालिकामा मेयर र उपमेयरबीचको द्वन्द्व उत्कर्षमा पुगेको छ । महानगरपालिकाकी उपमेयर पार्वती शाहले रेणु दाहाललाई मेयरमा जिताएर गल्ती भएको महसुस गरेकी छिन् । उनले महानगरपालिकामा अनियमितता बढेको समेत प्रष्ट पारिन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कांग्रेसबाट उपमेयरमा निर्वाचित शाहले भनिन्, ‘उहाँले कसरी चुनाव जित्नुभयो, राष्ट्रिय अन्तर्राष्ट्रियलाई थाहा छ तर अहिले…