काठमाडौं माघ, २०– नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले सरकारलाई व्यंग्यात्मक बधाई दिएका छन् । सांसद थापाले डा. गोविन्द केसीको मागलाई बेवास्ता गर्दै चिकित्सा शिक्षा विधेयक पारित गर्न सफल भएकोमा सरकारलाई व्यंग्य गरेका हुन् । आइतवार बसेको प्रतिनिधि सभाको बैठकमासांसद थापाले भने, ‘एउटा जोगी डाक्टरले सरकारसँग निहुँ खोज्यो, त्यो पनि दुईतिहाइको सरकारसँग, यस्तो…