काठमाडौं । संविधान संशोधनको बहसपत्र तयार पार्न बनेको कार्यदलले बोलाएको बैठक जेनजी युवाहरूले उपस्थित हुन अस्वीकार गरेका छन्। शुक्रबारका लागि संविधान संशोधनका सुझाव लिन कार्यदलले जेनजी प्रतिनिधिलाई छलफलाका लागि बोलाएको थियो। तर जेनजी प्रतिनिधिहरूले छ बुँदे माग पूरा नभएसम्म छलफलमा सहभागी नहुने जनाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले वैशाख…