काठमाडौँका नगरप्रहरी प्रमुख पाण्डेलाइ निलम्बन नगर्न आदेश, काम गर्ने बाटो खुल्यो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगरप्रहरीका प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न पाटन उच्च अदालतले आदेश दिएको छ। बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोजग गुरागाईँको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो। ‘२०८२ जेठ २० गतेको निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखी निवेदकलाई निजको…