नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष कैद, करोडौँ जरिवाना र बिगो सजाय तोकियो

काठमाडौँ – नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणका मुद्दामा सजाय तोकिएको छ। विशेष अदालतले असार ७ गते दोषी ठहर भएका बस्नेतलाई सोमबार सजाय निर्धारण गरेको हो। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा छुट्टाछुट्टै सजाय निर्धारण गरेको हो। मेयर बस्नेतले पद्मा कोलोनी प्रालि र…