काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली भएको बताएकी छन् । संविधान दिवसका अवसरमा शुक्रबार ९असोज ३० काठमाडौंको टुँडिखेलमा आयोजित मूल समारोह समितिको कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले ‘जेनजी’ पुस्ताको आन्दोलन गरिएका प्रतिबद्धता, संघीय गणतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, पूर्ण…