काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको योगदान नेपाली राजनीति र जनताप्रतिको समर्पणको अविस्मरणीय उदाहरण भएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित राप्रपाका संस्थापक एवं पूर्वप्रधानमन्त्री चन्दद्वारा लिखित ‘बदलिँदो समयचक्र’ नामक पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हून् । २०४६ सालको राजनीतिक अन्योलपछि चन्दको नेतृत्वमा भएको…