काठमाडौं, २८ कात्तिक । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र देखिएका समस्या समाधान गर्नका लागि पार्टीका शीर्ष नेताहरु शेखर कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलगायतसँग छलफल गर्ने भएका छन् । कांग्रेसको कार्यसम्पादन समितिको बैठकले पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि छलफल गर्ने जिम्मा कावा सभापति खड्कालाई दिएको हो । पदाधिकारीसहित सबैसँगको समन्वयमा पार्टीभित्रको समस्याको निकास…