काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदमा नेपाली काँग्रेसका सांसद रामहरी खतिवडा निर्विरोध चयन भएका छन् ।समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा शुक्रवार बसेको बैठकमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो । समितिकी यसअघिकी सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाको एकल उम्मेदवारी परेको थियो । बैठकमा सांसद श्यामकुमार घिमिरेले…