सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति कांग्रेसको आपत्ति, सरकारमा सहभागी मन्त्रीहरुसँग जवाफ माग्ने

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति असहमति राखेका छन् । कांग्रेसका नेताहरुले सरकारको निर्णयका विषयमा जवाफ माग गर्ने तयारि गरेका छन् । सरकारले निर्णय लिँदाका आधारबारे पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गर्ने उनिहरुको तयारी छ । आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको…