कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

काठमाडौं, भदौ ८ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । सोमबार दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रदेश सभा सचिव सुदर्शन खड्काले जानकारी दिए । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको ३ भदौमा बसेको बैठकले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय…