अध्यक्ष साम्पाङ प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा

काठमाडौं। मुलुकको बिग्रँदो राजनीतिक अवस्था, पटक-पटकको सरकार परिवर्तनले निम्त्याएको अस्थिरता र दलीय भागबन्डाको राजनीतिलाई चिर्न भन्दै ‘श्रम संस्कृति पार्टी’ प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा उभिएको छ। वर्तमान संसदीय व्यवस्थाले जनताको वास्तविक चाहनालाई सम्बोधन गर्न नसकेको र देशको विकासको गतिलाई अवरुद्ध पारेको निष्कर्ष निकाल्दै पार्टीले यस प्रणालीलाई राष्ट्रिय एजेन्डाका रूपमा अघि सारेको हो। ‘संविधान संशोधन…