रौतहट । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पतन्जलि प्रकरणमा आफूले कुनै अनुचित काम नगरेको दाबी गरेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि प्रतिक्रिया दिँदै उनले यो प्रतिशोधपूर्ण भएको बताए । पूर्वप्रधानमन्त्री नेपाल गृह जिल्ला रौतहट क्षेत्र नं–१ मा बिहीबार जिल्ला स्तरीय कार्यकर्ता भेलामा बोल्दै उनले सो कुरा…