काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले वातावरण विनासको मुख्य कारक मानव समुदाय रहेको बताएका छन् । बिहिबार विश्व वातावरण दिवसको शुभकामना सन्देश दिदै उनले मानवका गलत क्रियाकलापहरुले मानव अस्तित्व नै संकटमा पर्ने खतरा उत्पन्न भएको बताएका हुन् । ‘जलवायु परिवर्तन, पृथ्वीको तापक्रममा वृद्धि, पानीका स्रोत र माटोमा प्लाष्टिकको जालो, वनविनासजस्ता क्रियाकलापले पृथ्वीका…