काठमाडौं । शिक्षकका माग सम्बोधनका लागि विपक्षी दलहरूले संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यस्तो प्रस्ताव दर्ता गराएका हुन् । उनीहरुले विगतमा सरकार र महासंघबीच भएका सम्झौताहरु कार्यान्वयनका लागि भइरहेको शिक्षकहरुको आन्दोलनप्रति आफूहरुको गम्भीर ध्यानाकार्षण भएको बताएका छन् । समग्र शिक्षा क्षेत्रको…