पूर्वराजालाई ओलीको चुनौति – ०८४ को निर्वाचन लड्न आउनुस, स्वागत छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् । शुक्रबार कर्णाली प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रलाइ ०८४ को निर्वाचन लड्न आउँन चुनौति दिएका हुन् । ओलीले भने, “केही साथीहरू सडकमा कराइराखेको देखेको छु, कस्तो शासन ल्याउन खोजेको रु लोकप्रिय छु भन्ने कसैलाई लाग्छ भने ०८४ पर्खनुस् न,आउनुस्, स्वागत छ…