काठमाडौं । नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधव कुमार नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको निष्कर्ष निकालेको छ । शुक्रबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले पताञ्जली जग्गा हिनामिना प्रकरणमा अध्यक्ष नेपालमाथि षड्यन्त्रपूर्वक मुद्दा दायर गरिएको निष्कर्ष निकालिएको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए । ’विद्रोह गरेर नयाँ पार्टी स्थापना गरेदेखि हामीमाथि निसाना साँधिँदै आएको छ । त्यही व्यक्तिहरूले नै…