काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) यतिबेला अस्तव्यस्त अवस्थामा छ । ६ अर्ब बक्यौता माग्दै दुग्ध किसान सडकमा छन् । सरकारसँग सहमीत गरेर पनि व्यवसायीले बक्यौता भुक्तानी नगरेपछि किसान फेरि आन्दोलनमा उत्रिएका हुन् । डीडीसीको केन्द्रीय कार्यालय लैनचौर परिसर किसान आन्दोलनका कारण अस्तव्यस्त भए पनि कार्यालयभित्र भने कर्मचारीहरुबीच अलग्गै रस्साकस्सी छ ।कर्मचारीहरु आफू अनुकूलको महाप्रवन्धक…