नयाँ संसद भवनमा सबै सांसदलाई बेग्लाबेग्लै चेम्बर

काठमाडौं । संघीय संसद सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ व्यवस्थापनको तयारीमा जुटिरहेको छ। सोही सन्दर्भमा सचिवालयले यही चैत ५ गते सूचनामार्फत निर्वाचित सांसदहरुलाई शपथ कार्यक्रममा सहभागी हुन आह्वान गरिसकेको छ। यही चैत १२ गते अपराह्न २ बजे शपथ समारोहको आयोजना गरिएको छ। निर्धारित समयभन्दा दुई घण्टाअगावै औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा…