काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले २०८४ को आम निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठूलो दल बन्ने दावी गरेका छन् । माओवादी धारका पार्टीहरूबीच एकता प्रक्रिया अगाडि बढेको भन्दै मकवानपुरमा आज माओवादी केन्द्रका कार्यकर्तासँगको भेटमा दाहालले आगामी दिनमा माओवादीहरू एकताबद्ध हुने विश्वास व्यक्त गरे ।प्रधानमन्त्री दाहालले माओवादी निकट दलहरुको एकताले नै आफ्नो पार्टीलाई सबैभन्दा ठूलो दल बनाउने…