काठमाडौं । (ललितपुर), ललितपुरबाट निर्वाचित सङ्घीय प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरूले नागरिकमैत्री सेवाप्रवाहका लागि ललितपुर महानगरपालिकालाई नीतिगत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धमा महानगरद्वारा आज आयोजित ललितपुरका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यसँगको अन्तरक्रियामा उनिहरुले पुँजीगत खर्च वृद्धि गर्न स्थानीय सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो…