२०७९ माघ २७,धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रदेश प्रमुखको कार्यालयमा उनले आज दिउँसो ३ बजे आयोजना गरिने विशेष समारोहकाबीच प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिने छन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेश ढुंगानाले मुख्यमन्त्रीको सपथ ग्रहणको कार्यक्रम दिउँसो ३ बजे गर्ने…