काठमाडौँ, ११ फागुन । देशकै तेस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान सुरु हुने भएको छ । यसअघि उक्त विमानस्थलमा बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै जहाज उडान गरिँदै आएको भए पनि आजदेखि रात्रिकालीन सेवा दिन सुरु गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले बताए ।…