भारतबाट भन्सार छलेर ल्याइएका दुई टन माछा स्थानीय प्रशासनले नष्ट गरेको छ । आज बिहान २ बजे रुपन्देहीबाट काठमाडौँका लागि लैजाँदै गरेको माछा पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरले नियन्त्रणमा लिएको थियो । पशु क्वारेन्टिन रामनगर, मत्स्य व्यवसायी सङ्घ चितवन र जिल्ला प्रशासन कार्यालय चितवनको संयुक्त चेकजाँचका क्रममा माछा बरामद गरेर नष्ट गरिएको हो । माछा भरतपुर…