कर्णालीको पहिलो प्रदेश गौरवको आयोजनाका रुपमा सुर्खेत रङ्गशालाको निर्माण कार्य शुरु भएको छ । आज मुख्यमन्त्री जीवनबहादुर शाहीले सो रङ्गशाला निर्माण कार्यको शिलान्यास गर्नुभयो । रङ्गशाला निर्माण कार्य अघि बढाउन कर्णाली खेलकूद विकास परिषद् र निर्माण कम्पनी एमएसीजिएसएल ज्वाइन्टभेन्चर कान्तिपथ काठमाडौँ बीच यही कात्तिक अन्तिम साता सम्झौता भएको थियो । रङ्गशाला निर्माणका लागि प्रदेश सरकारले…