सर्लाहीको बलरा नगरपालिकाका माओवादी केन्द्र विजयी भएको छ । बलरा नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् । माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार रामाशंकर प्रसाद कुशवाह ४६४३ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार एवं निवर्तमान मेयर अभय कुमार सिहले ३६३१ मत प्राप्त गरे। कुशवाह पेशाले शिक्षक हुन्…