इलाम र देउमाई नगरपालिकामा कांग्रेसले उम्मेदवार टुंग्यायो

इलामको चारमध्ये दुई नगरपालिका आफ्नो भागमा लिएको नेपाली कांग्रेसले नगर प्रमुखको उम्मेदवार टुंग्याएको छ । सत्तारुढ गठबन्धनबाट इलाम नगरपालिकाको प्रमुखमा केदार थापा र देउमाई नगरपालिका प्रमुखमा होम दुलालको नाम टुंगो लागेको छ । इलाम नगरपालिकाको उपप्रमुखमा कांग्रसकै विष्णु दाहालको नाममा सहमति जुटेको छ । देउमाई नगरपालिकाको उपप्रमुख भने माओवादी केन्द्रले पाउने भएको छ । गठबन्धनमा…