नेपालीहरूको दोस्रो ठूलो चाड तिहारसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक सुरु भएको छ । बैतडीसहित दार्चुला, डडेल्धुरालगायत जिल्लामा कार्तिक शुक्ल पक्षको सुरुआतसँगै जात्राको रौनक सुरु भएको हो । भाइटीकाका दिनदेखि सुरु भई कार्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्दछ । कार्तिक शुक्ल पक्षमै बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती, बाह्र ज्योर्तिलिङ्गमध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार,…