“म कहाँ आएर फसेँ, बेहाल भइसक्यो, एकाबिहानै फेसबुकको म्यासेन्जरमा आएको भिडियोकलमा सुनिएको आवाज हो यो ।” त्यो आवाज अरु कोही नभएर जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत लेखापाल भरतनाथ योगीको थियो । पाँच दिनअघि व्यासको छाङग्रुमा निर्माण हुने नेपाल प्रहरीको भवन तथा तिङ्कर प्रहरी चौकीलगायतको निरीक्षण अवलोकन गर्न उहाँ छाङ्ग्रु पुग्नुभएको थियो । उहाँको छाङ्ग्रु पुगेदेखि…